एमालेले तनहुँमा खनाल र चितवनमा न्यौपानेलाई उम्मेदवार बनाउने

नेकपा (एमाले)ले तीन निर्वाचन क्षेत्रमा हुने उपनिर्वाचनमध्ये दुई क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनका उम्मेदवारको नाम टुंगो लगाए पनि बारा क्षेत्र नम्बर २ को उम्मेदवार भने टुंगो लगाउन सकेन ।

यसअघि खनालले काठमाडौं क्षेत्र नम्बर ६बाट चुनाव लडेका थिए। उक्त क्षेत्रबाट शिशिर खनाल निर्वाचित भएका थिए।  यस्तै चितवन क्षेत्र नम्बर २मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

दुवै निर्वाचनलाई सम्बन्धित क्षेत्रीय, जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार