उत्कृष्ट युवा पत्रकारिता पुरस्कार टिभी अन्नपूर्णकर्मी सुवेदीलाई

काठमाडाैँ- रिर्पोटस नेपालले हरेक वर्ष प्रदान गर्ने  उत्कृष्ट युवा पत्रकारिता पुरस्कार यो वर्ष टिभी अन्नपूर्णका कार्यकारी निर्देशक राजु सुवेदीलाई प्रदान गरेको छ ।  रिपोर्टर्स क्लव नेपालको रजत महोत्सवको अवसरमा आयोजित कार्यक्रममा पत्रकारिता तथा सञ्चार क्षेत्रको विकासमा गरेको योगदान कदर स्वरुप सुवेदीलाई युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो ।

शुक्रबार काठमाण्डौमा आयोजित समारोहमा नगदसहित प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेको उपस्थितीमा प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डले सुवेदीलाई पुरस्कारले सम्मान गरेका थिए ।

नेपाली पत्रकारितामा दुई दशकदेखि क्रियाशिल सुवेदीले पछिल्लो समय टेलिभिजन, पत्रिका र रेडियो सञ्चालन गरिरहेका छन् । नेपालमा अनलाईन टेलिभिजन सञ्चालनको सुरुवात गरेर नेपाली पत्रकारितालाई नयाँ अध्यायको थालनी गरेका उनि श्रमजिवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय उपमहासचिव समेत हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार