प्रधानन्यायाधीशलाई चौथो मर्यादाक्रममा राख्न एमालेको संशोधन प्रस्ताव

काठमाडौँ । एमाले सांसदले सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई मर्यादाक्रमको चौथो स्थानमा राख्न प्रस्ताव गरेका छन् । राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक २०७९ माथि संशोधन प्रस्ताव दर्ता गर्दै एमाले सांसद डा।विमला राई पौड्यालले विधेयकमा पाँचौँ स्थानमा रहेको प्रधानन्यायाधीशलाई चौथो मर्यादामा राख्न प्रस्ताव गरेकी हुन् ।

सांसद राईले क्रम सङ्ख्या ५ हटाउने र मर्यादाको क्रम सङ्ख्या ४ मा सर्वोच्चका प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको एउटै मर्यादाक्रम राख्न प्रस्ताव गरेकी छन् ।  यस्तै उनले दफा ३ को उपदफा ४ मा रहेको यस ऐन बमोजिमको मर्यादाक्रममा फेरबदल हुने छैन भन्ने विषय हटाउन प्रस्ताव गरेकी छिन् ।

मर्यादाको क्रम सङ्ख्या १२ मा रहेको उच्च अदालतका न्यायाधीशलाई क्रम सङ्ख्या १४ मा राख्न र जिल्ला न्यायाधीशलाई मर्यादाको १७ नम्बरमा राख्न प्रस्ताव गरेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार