काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि सुरू हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई व्यवस्थित र भयरहित बनाउन अपिल गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले एसईईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बन्धित सबै पक्षलाई आ–आफ्नो ठाउँबाट भूमिका खेल्न अपिल गरेका हुन्। उनले परीक्षामा सहभागी हुने सबै विद्यार्थीको उज्जवल भविष्यको कामनासमेत गरेका छन्।
एसईई परीक्षा आज बिहान ८ बजेदखि सुरू हुँदैछ। देशभरका करिब पाँच लाख विद्यार्थी सहभागी हुने परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
यसपालि जापानबाट १४ नेपाली विद्यार्थीले एसईई परीक्षा दिँदैछन् । त्यसका लागि जापानमा एक परीक्षा केन्द्र तोकिएको छ। परीक्षामा कुल ७८ हजार जनशक्ति परिचालन गरिने भएको छ। परीक्षालाई मर्यादित बनाउन ती सबैलाई भूमिका खेल्न प्रधानमन्त्रीले आग्रह गरेका हुन्।