जसपामा मन्त्री छान्ने अधिकार उपेन्द्र यादवलाई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा जाने मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । बिहीबार बसेको पार्टी संसदीय दलको बैठकले यादवलाई मन्त्री छान्ने अधिकार दिएको हो ।

बैठकमा अध्यक्ष यादवले पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पाउने गरी गठबन्धनमा छलफल भएको ब्रिफिङ गरेका छन् । सोहीअनुसार गठबन्धनमा छलफल भएको र आजै दलहरुसँग छलफल गरेर अन्तिम टुंगो लाग्ने यादवले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार