देउवा–आरजु गिरोहको हेपाइले पार्टी छाड्न बाध्य भए : स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थविद् डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाड्ने भएका छन् । उनले कांग्रेस छोडेको सार्वजनिक घोषणा गरेका छैनन् । तर कांग्रेस नेताहरुलाई पत्र लेखेर यसको जानकरी गराएका छन् ।

पत्रमा उनले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेको बताएका छन् । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले पार्टी छोड्न बाध्य बनाएको उनको आरोप छ ।

यस्तो छ स्वर्णिमको पत्र

प्रिय दाइ,
हजुरहरुको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।

अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

कांग्रेस पार्टीमा हजुरहरुको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिनसक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार