मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने छुन कसैलाई छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्ना कार्यकर्तालाई भरणपोषण गर्ने हिसाबले शान्ति प्रक्रिया टुंग्याउन नमिल्ने टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपयुक्त ढंगले अन्तराष्ट्रिय मुल्य मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितले न्याय पाउने सुनिश्चिताको आधारमा शान्तिप्रक्रिया टुंगिनुपर्ने बताए ।

उनले भने, ‘दण्डहिनताको अन्त्य जस्ता कुराहरुलाई आधार मानेर द्धन्द्धको पीडालाई समाप्त पार्न शान्ति प्रक्रिया टुंग्याउन चाहन्छौं । शान्ति प्रक्रिया टुंग्याउन संक्रमणकालिन न्याय, संक्रमणकालिन अन्याय होइन। संक्रमणकालिन न्याय पीडितलाई उपलब्ध गराउने हो । क्षतिपूर्ति र स्वइच्छाले गर्न चाहेमा मेलमिलाप, करकापले धम्काएर, मान्छेलाई प्रेसर दिएर सहमति या मेलमिलाप हुन सक्दैन ।’

मेलमिलापको नाममा अर्को गैरमेलमिलाप गर्ने कुराको छुट सकैलाई नभएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार