१६ औं पटक मन्त्री बन्दै शरदसिंह भण्डारी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० बाट वरिष्ठ नेता शरतसिंह भण्डारी १६ औं पटक मन्त्री बन्ने भएका छन् । आज बिहीबार बसेको लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले भण्डारीलाई मन्त्री बनाउन सिफारिस गर्ने निर्णय गरेको एक नेताले बताए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भागमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय परेको छ । लोसपाले सो मन्त्रालयको जिम्मेवारीमा वरिष्ठ नेता शरतसिंह भण्डारीलाई पठाउने भएको हो ।

अध्यक्ष महन्थ ठाकुरले शरतसिंह भण्डारीको नाम श्रममन्त्रीमा पठाउने तयारी गरेका हुन् । हिजो बसेको सत्ता गठबन्धनको बैठकले लोसपालाई १ मन्त्रालय दिने सहमति भएको थियो । प्रधानमन्त्री प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन् ।

भण्डारी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । उनी पञ्चायतकालदेखि पटक(पटक मन्त्री बनिसकेका छन् । पञ्चायतकालदेखि अहिले गणतन्त्र आउँदासम्म उनी १५ पटक मन्त्री बनिसकेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार