अमेरिका पुगिन् ताइवानकी राष्ट्रपति, नतिजा भयानक हुने चीनको चेतावनी

काठमाडौँ – ताइवानकी राष्ट्रपति साई इंग–वेन चीनको आलोचना बीच अमेरिकी प्रान्त न्युयोर्क पुगेकी छिन् । यसका लागि चीनले अमेरिकालाई यो भ्रमणको नतिजा निकै गम्भीर हुने चेतावनी दिएको थियो ।

साई इंग–वेन हाल मध्य अमेरिकाको भ्रमणमा छिन् । यही भ्रमणका क्रममा उनी न्युयोर्क पुगेकी हुन् । आफ्नो भ्रमणको अन्तिम चरणमा, उनले अमेरिकी संसद्को प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीलाई भेट्ने सम्भावना छ ।

यस्तो खालकोे बैठकको निन्दा गर्दै चीनले यो बैठक भयो भने गम्भीर द्वन्द्व निम्त्याउन सक्ने बताएको छ । आफ्नो प्रतिक्रियामा अमेरिकाले साईको चीन भ्रमणको प्रतिक्रिया अत्यधिक भएको बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार