बेदुराम भुसाल शिक्षा मन्त्री बन्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुने भएका छन् । आज बेलुका भुसालले मन्त्रीको सपथ लिने भएका हुन् ।

नेता भुसालले आफू शिक्षा मन्त्री बन्न लागेको स्वीकार गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका भुसाल अर्घखाँचीको हर्रेबर्रे काण्डमा १२ वर्ष जेल जीवन विताएका नेता हुन् । भुसालले जनताको बहुदलीय जनवादमा विद्यावाधि गरेका छन् । समाजवादीका उमहासचिव प्रकाश ज्वालालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बनाउने तयारी गरिएको छ ।

माओवादी केन्द्रबाट उपप्रधान तथा भौतिक मन्त्री बनेका नारायणकाजी श्रेष्ठ गृह मन्त्रालयमा जाने भएपछि ज्वाला भौतिक मन्त्री बन्न लागेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार