नयाँ ब्रोकर, स्टक र कम्बोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरुपण हुनुपर्छ : अध्यक्ष हमाल

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले नयाँ ब्रोकर, स्टक र कम्बोडिटीसँग सम्बन्धित मुद्दाको चाँडो निरुपण हुनुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘समृद्ध नेपालको आधार, पुँजीबजार सुधार’ नामक लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा बोर्ड अध्यक्ष हमालले सात महिनादेखि मुद्दा विचाराधीन हुँदा समस्या भएको बताए । उनले आफूहरुलाई निर्णय चाँडो चाहिएको भन्दै आफ्नो पक्षमै निर्णय हुनुपर्छ भनेर आफूहरुले नभएको तर्क गरे ।

‘हामीलाई निर्णय चाहिएको हो । निर्णयको बन्दी बन्नु भएन । हाम्रो पक्षमा निर्णय होस् भनेको होइन’हमालले भने, ‘६/७ महिना भइसक्यो ११ अर्ब रुपैयाँ ठूला कम्पनीरुको त्यहाँ फसेको लगानीको हरेक दिनको मूल्य हुन्छ । लगानीकर्तालाई भार हुन्छ त्यो भार कसले ब्यहोर्ने ? सात महिना सानो समय होइन ।’

हमालले अहिलेको नियमावलीले नभए नयाँ नियमावली ल्याउने बताए । धितोपत्र बोर्डले गत असोजमा स्टक एक्सचेन्ज, कमोडिटी र ब्रोकर लाइसेन्स वितरणका लागि सूचना प्रकाशन गरेको थियो । तर म्याद सकिन एक दिन बाँकी रहँदा अदालतको आदेश बमोजिम बोर्डले प्रकृया स्थगन गरेको थियो । जुन मुद्दा विचाराधीन छ । मंगलबारका लागि सर्वोच्चमा पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार