रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव सत्तापक्षमा छ : सन्तोष परियार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा(माओवादी केन्द्र)ले आफ्नो दललाई सरकारमा लान चाहेको बताएका छन् ।

बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले सत्तारुढ दलहरू नेपाली कांग्रेस र माओवादी केन्द्रको रास्वपा सरकारमा हुनुपर्छ भन्ने सद्भाव रहेको बताएका हुन् ।

उनले सरकारमा जाने सम्बन्धमा संवाद जारी रहेपनि हालसम्म टुंगो नलागेको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहालको पनि आफूहरुप्रति सद्भाव रहेको बताए ।

उनले आफ्नो पार्टी वैशाख १० गते हुने उपनिर्वाचनका लागि केन्द्रित भइरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार