बालुवाटारमा सत्ता गठबन्धनको दोस्रो चरणको छलफल जारी

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न १० दलीय गठबन्धनको बैठक बालुवाटारमा दोस्रो पटक बसेको छ । बुधवार बिहान बसेको बैठकमा मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि पुनः दोस्रो चरणको बैठक सुरु भएको हो ।

छलफलका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल, जनमतका सीके राउत लगायतका नेता बालुवाटार पुगिसकेका छन् । जसपा अध्यक्ष बालुवाटार पुगेर व्यक्तिगत काम पर्‍यो भन्दै बाहिरिएका छन् ।

बुधवार सहमति जुटे केही मन्त्रीलाई तत्काल शपथ गराउने प्रधानमन्त्रीको तयारी छ । त्यसका लागि उनले सरकारमा सहभागी हुने दलहरूलाई एकएक जना मन्त्रीको नाम दिन बिहानै भनेका थिए ।

नेकपा एसले भने तीन मन्त्रालयको अडान कायमै रहेको भन्दै प्रधानमन्त्रीबाट जवाफ आएपछि मात्र मन्त्रीको नाम दिने निर्णय गरेको बताए पनि पहिलो चरणमा डा।बेदुराम भुसाललाई सरकारमा पठाउने तयारी गरेको छ । दोस्रो चरणमा सो पार्टीले प्रकाश ज्वालालाई सरकारमा पठाउने छ ।

मङ्गलवार बसेको गठबन्धनको बैठकमा दलहरूले मन्त्रालयमा आआफ्नो दाबी पेस गरेका थिए । तर मन्त्रालय भन्दा बढी दाबी परेकाले सङ्ख्या मिलाउन प्रधानमन्त्रीलाई अप्ठेरो परेको बुझिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार