प्रधानन्यायाधीशको मर्यादाक्रम सच्याउन प्रधानमन्त्रीलाई सर्वोच्च बारको आग्रह

काठमाडौं: सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीशको मर्यादाक्रम सच्याउन माग गरेको छ।  राष्ट्रियसभामा दर्ता भएको मर्यादाक्रम विधेयकप्रति ध्यानाकर्षण भएको जनाउँदै बारले न्यायपालिकाको प्रमुखलाई व्यवस्थापिका प्रमुखभन्दा तल्लो मर्यादाक्रममा राख्ने प्रस्तावप्रति आपत्ति जनाएको हो।

सचिव श्यामकुमार खत्रीले प्रधानमन्त्रीलाई सम्बोधन गरी पठाएको पत्रमा संविधान विपरीत हुने र शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य मान्यता विपरीत हुने प्रस्ताव प्रति आपत्ति जनाइएको छ।

चौथो मर्यादाक्रममा रहेका प्रधानन्यायाधीशलाई प्रस्तावित विधेयकमा पाँचौं स्थानमा राखिएपछि आलोचना भइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार