राजेन्द्र लिङदेनको प्रश्न : गणतन्त्रमा नागरिकलाई राजावादी हुने छुट छैन ?

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गणतन्त्रमा राजावादी हुने छुट कुनै नागरिकलाई कि छैन भन्दै प्रश्न गरेका छन् । बुधवार संसदमा बोल्दै अध्यक्ष लिङदेनले पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई मिटरब्याजी पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा दुर्व्यवहार भएको भन्दै भर्त्सना समेत गरे ।

प्रमुख सचेतक शाही मिटरब्याजी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका बेला प्रदर्शनकारीले अवरोध गरेका थिए । शाहीलाई मिटरब्याजी पीडितले नारा जुलुस गरेर धर्नास्थलमा प्रवेश गर्न रोक लगाएका थिए । प्रदर्शनकारीको सो कार्यको विरोध गर्दै अध्यक्ष लिङदेनले सत्तापक्षीय कार्यकर्ताबाट अवरोध भएको आरोप लगाएका छन् ।

‘मिटरब्याजीबाट पीडित नागरिकहरु १३ दिन पैदल हिँडेर काठमाडौं आएपछि जिम्मेवार दलको जिम्मेवार नेता पीडितसँग ऐक्यवद्धता जनाउन जाँदा सत्तापक्षीय कार्यकर्ताबाट हाम्रो प्रमुख सचेतकमाथि जुन प्रकारको दुर्व्यहार गर्ने प्रयास भयो त्यसको घोर निन्दा र भ्रत्सना गर्दछु ।’ लिङदेनले भने, ‘सरकारसँग प्रश्न गर्न चाहन्छु । के सरकार मुडभेडतर्फ जान खोजेको हो रु के यो गणतन्त्रमा राजावादी हुने कुनै नागरिकलाई छुट छैन ?’ सरकारले मिटरब्याजी पीडितलाई तत्काल न्याय दिनुपर्ने लिङदेनले माग गरे । उनीहरुलाई न्याय दिने सवालमा कतैबाट अलमल्याउने काम नगर्न समेत उनले चेतावनी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार