बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि कांग्रेस नेता लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका हुन् । मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ ।

उनले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए । ‘सम्भवतः भोलि मन्त्रिपरिषद् विस्तार हुन्छ । दुई चरण मन्त्रिपरिषद् पुनर्गठन हुन्छ’, उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार