बालुवाटारबाट बाहिरिए देउवा, प्रचण्ड–माधव वान टु वान वार्तामा

काठमाडौं । आजै मन्त्रिमण्डल विस्तार गर्न भागबन्डा टुंग्याउने गरी छलफलमा जुटेको दश दलीय सत्ता गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ । बेलुका ३ बजे बस्नेगरी नेताहरू बालुवाटारबाट बाहिरिएका छन् ।

बैठकमा सहभागी कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत शीर्ष नेता निस्किएका हुन् ।

अन्य दलका नेता बाहिरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वान टु वान वार्ता गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार