स्पेन स्कटल्याण्डसँग स्तब्ध

ग्लासगो । स्पेनमाथि शानदार जीत हासिल गर्दै स्कटल्याण्डले लगातार दोस्रोपटक युरोपियन च्याम्पियनसिपमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । युरो २०२४ छनोटमा समूह एक अन्तरगत मंगलबार राति भएको खेलमा स्कटल्याण्ड २–० गोलले विजयी बन्यो ।

स्कटल्याण्डको जीतमा स्कट म्याकटोमिनी नायक बने । खेलको सातौँ मिनेटमा गोल गर्दै स्कटल्याण्डलाई अप्रत्याशित अग्रता दिलाएका म्याकटोमिनीले दोस्रो हाफको सुरुवातमा अर्को गोल थप्दै टोलीको जीत सुनिश्चित गरे । मात्र दुई खेलमा उनले चार गोल गरिसकेका छन् ।

स्पेनिविरुद्ध प्रतिस्पर्धात्मक खेलमा स्कटल्याण्डले ३९ वर्षपछि जीत हासिल गरेको हो । जीतसँगै टोली ६ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्पेन ३ अंकसहित दोस्रो स्थानमा छ । समूहको अन्य खेलमा जर्जिया र नर्वेले १–१ को बराबरी खेले ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार