प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा वार्ता

'सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल'

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ । वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८(०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार