सत्ता गठबन्धन बैठक बस्दै, मन्त्रालय भागबन्डाबारे छलफल हुने

मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ ।

मंगलबार साँझ बसेको बैठक विना निष्कर्ष टुङ्गिएपछि आज पुनः बस्न लागेको हो । बैठक बिहान नौ बजेका लागि बोलाइएको छ ।

हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा १९ बुँदा समेटिएको सरकारको न्यूनतम कार्यक्रमबारेको मस्यौदा पेस गरेका थिए । ‘संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम’नाम दिइएको मस्यौदामा दुई शीर्षक र धेरै उपशीर्षकहरू रहेका छन् ।

कसले कति मन्त्रालय लिने भन्ने सहमति नहुँदा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । दलहरूले आफूहरूले पाउनुपर्ने मन्त्रालय संख्या दाबी गरिसकेका छन् ।

नेपाली कांग्रेसलाई ८, माओवादी केन्द्रलाई ५, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३, एकीकृत समाजवादीलाई २, जनता समाजवादी पार्टीलाई २, जनमत पार्टीलाई १, नागरिक उन्मक्ति पार्टीलाई १, लोसपालाई १ मन्त्रालयका साथै स्वतन्त्रबाट १ जनालाई मन्त्री बनाउने प्रस्ताव प्रधानमन्त्रीले राखेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार