कांग्रेसले नौ वटा मन्त्रालय दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन

काठमाडौं – सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको हो।

मन्त्रालयको भागबन्डा गर्न बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो। अर्को बैठक भोलि बिहान ९ बजे बस्ने भएको छ। बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालय माग गरेपछि सहमति जुट्न नसकेको नेकपा एसका एक नेताले बताए  ।

बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसँगै जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, आमजनता पार्टी र नेपाल समाजवादी पार्टीका शीर्ष नेताहरू सहभागी थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार