मनमैजु नापी कार्यालयका सर्भेक्षक घुससहित पक्राउ

काठमाडौं। मनमैजु नापी कार्यालयका सर्भेक्षक १ लाख ७५ हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मनमैजुस्थित नापी कार्यालयबाट एक लाख ७५ हजार रुपैंया घुससहित दुई जनालाई पक्राउ गरेको हो ।

जग्गाको कित्ताकाट गर्न सहजीकरण गरेबापत घुस मागेको आरोपमा अख्तियारले सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिषेक कार्कीलाई पक्राउ गरेको जनाएको छ । अख्तियारका अनुसार उनीहरुको साथबाट एक लाख ७५ हजार रुपैंया समेत बरामद भएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार