प्रचण्ड–देउवाले देशको सीमा खुम्चाए : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने कुनै रहर नभएको बताएका छन् ।

‘मिसन ग्रासरुस’ अन्तर्गत पाल्पाको तानसेनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई प्रधानमन्त्री बन्ने कुनै रहर छैन । म प्रधानमन्त्री बनिसकें । काम गरेर देखाइसकें । म प्रधानमन्त्री बन्न नपाएको त्यस्तो पनि होइन । तपाईंहरुले बनाउनुभयो । प्रधानमन्त्री बनेर काम पनि देखाएको छु ।’

उनले दश दलीय गठबन्धनले देशको बारेमा केही बोल्न नसकेको बताए । नेता ओलीले एमालेविरुद्ध सबै शक्ति एकजुट भएर अप्ठ्यारो पारेपछि कब्जा गर्न लागेको पार्टी फिर्ता गरेको बताए । एमालेलाई काम गर्न नदिएर हटाएपछि देशको भूगोल मिचिएको उनको जिकिर थियो ।

उनले भारततर्फ लक्षित गर्दै भने, ‘मैले प्रधानमन्त्री भएर छाड्दा देश जत्रो थियो । पछि प्रचण्ड–शेरबहादुरहरुले अलिकति खुम्चाए । अलिकति आफ्नो भूभाग नदेखेको झैं गरे । कस्तो दलाली ? कस्तो चाकडी होला ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार