प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्सको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले आज संयुक्त रूपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर आज सार्वजनिक गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको लागि २०७९ चैत्र भित्र ५०० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिए पछि प्रभु र महालक्ष्मी लाइफ मर्जरको लागि सहमत भएका थिए । २०७९ आषाढ ३० गते मर्जर सम्झौता गरेका दुवै कम्पनीको भारतीय विमांङ्कीबाट मूल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकीकृत कारोबार केही ढिलो हुन गएको हो ।

मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुवै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रूपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास दिलाउन चाहेका छौ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँको पनि उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार