मिटरब्याजी पीडित पशुपति धर्मशालामा बस्ने

काठमाडौँ । तराईबाट आन्दोलन गर्न काठमाडौँ आएका मिटरब्याजी पीडितहरू पशुपति धर्मशाला जान तयार भएका छन् । सरकारको समन्वयमा मिटरब्याजी पीडित पशुपति धर्मशाला जान तयार तयार भएका हुन् ।

सोमबार काठमाडौँ आइपुगेका मिटरब्याजी पीडितहरुले खुलामञ्चको सडकमै रात काटेका थिए । वृद्धवृद्धा, महिला र वालबच्चासहित आएकालाई समस्या भएपछि पशुपति धर्मशाला जान तयार भएका छन् ।

मिटरब्याजी पीडितलाई उतै खान बस्ने सबै व्यवस्थासमेत गरिने बताइएको छ । म‌गलबार बिहान उनीहरु नक्सालसम्म पुगेर धर्ना दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार