सनराइज बैङ्कले देशभर १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी मनायो ‘ग्लोबल मनि विक’

सनराइज बैङ्कले पूर्वको तेह्रथुमदेखि पश्चिमको दार्चुलासम्म ७ वटै प्रदेशमा १०० वटा वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनि विक’ मनाएको छ । आफ्ना देशभरिका शाखाहरू र सामाजिक सञ्जाल मार्फत विभिन्न कार्यक्रम र सूचना प्रवाह गरी सफलताको साथ कार्यक्रम गरेको बैङ्कले जनाएको छ ।
बैङ्कले ‘ग्लोबल मनि विक’को यस वर्षको नारा “ प्लान योर मनी प्लान योर फ्युचर ” लाई अगाडि राखी बैंकिङ्ग सेवा, बचत, ऋण, विद्युतीय बैंकिङ्ग सेवा र यसमा अपनाउनु पर्ने सावधानी लगायतका विषयहरूलाई समावेश गरी देशभरिका विभिन्न १०० स्थानका युवाहरूलाई समेटेर वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमले युवाहरूमा वित्तीय साक्षरताको अभिवृद्धि, वित्तीय निर्णय गर्ने क्षमताको विकास, सानै देखि बचत गर्ने बानी, बैंकिङ्ग सेवा सुविधाको सही उपयोगिता, बैंकिङ्ग विवरण अरूलाई दिदाँँ हुन सक्ने झमेला र ठगी लगायतका विषयको सचेतनाले उनीहरू र उनीहरूसँग जोडिएका परिवारको आर्थिक समृद्धिमा योगदान पु-याउने बैङ्कको विश्वास छ ।

हालसम्म सनराइज बैङ्कले १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १६२ वटा एटिएम मार्फत आफ्ना ८ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार