मिटरब्याजी पीडितको आन्दोलनमा झलनाथले ऐक्यबद्धता जनाउने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याजी पीडितहरूको आन्दोलनलाई ऐक्यबद्धता जाहेर गर्न आन्दोलनरत पक्षसँग भेट गर्ने भएका छन् ।

पूर्व प्रधानमन्त्री समेत खनालको सचिवालयका अनुसार पीडितहरूलाई भेटेर सरकारलाई उनीहरूका माग पुरा गर्न खनालले दबाब दिनेछन् ।

मधेस प्रदेशबाट हिजो काठमाडौँ आइपुगेका पीडितहरूका माग सम्बोधन गर्न सरकारले विधेयक अघि बढाउने प्रयास गरिरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार