प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना धरौटीमा रिहा

काठमाडौँ । प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परेका तीन जना रिहा भएका छन् । डिल्ली बजार कारागारमा जेल चलान भएका उनीहरु मंगलबारर ५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

सोमबार बागलुङ घर भएका सोनु शर्मा, बझाङका विप्लव खड्का र सोलुखुम्बुका उद्धव बस्नेतलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आइतबार उनीहरूलाई जनही ५ हजार धरौटीमा छाड्ने निर्णय गरेका थिए । तर, उनीहरूले धरौटी रकम नतिरेपछि कारागारमा थुनामा पठाएको  थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार