ऐलानी जग्गाको विषयमा विवाद हुँदा कुटाकुट, एक जनाको कान नै चुडियो

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ अजिङ्गरेमा आफ्नै खेतबारीमा काम गरिरहेका एक जनामाथि निर्घात कुटपिट भएको छ । सोमबार बिहान ११ बजे आफ्नै बारीमा मकै छर्न पुगेका ४९ वर्षीय टेकप्रसाद न्यौपानेमाथि स्थानीय ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाईले कुटपिट गरेका हुन् ।

न्यौपानेमाथि चौलागाईद्वयले कुटपिट गर्नुको साथै बायाँ कान टोकी आधा काननै छिनाएको न्यौपानेकी श्रीमती संगीता लोहनी न्यौपानेले जानकारी दिएकी छन् । संगीताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ ।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको जनाएको छ । कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले सोमबार नै दुवै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार