ऐक्यबद्धता जनाउन गएका ज्ञानेन्द्र शाहीविरुद्ध मिटरब्याज पीडितको नाराबाजी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी भएको छ । मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन आज माइतीघरमा पुगेका शाहीविरुद्ध मिटरब्याज पीडितहरुले नै नाराबाजी गरेका हुन् ।

आफूहरुले नागरिक आन्दोलन गरेको, राजावादी र सामन्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने मिटरब्याज पीडितहरुले बताए । बिहान टंगालमा धर्ना दिन पुगेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेर धर्नामा बसेका छन् ।

महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुले सरकारको ध्यानाकर्षण गराउन काठमाडौँमा धर्ना दिइरहेका हुन् । सरकाले उनीहरुसँग वार्ता गर्नका लागि समिति बनाएको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गर्ने तयारी गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार