साविकका मन्त्रालय पाए रास्वपा सरकारमा जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाने भएको छ । रास्वपाका प्रवक्ता मुकुल ढकालले साविकको मन्त्रालय पाए आफूहरु सरकारमा जाने बताए ।

गत १० पुसमा गठबन्धन बन्दा रास्वपाले गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य राज्यमन्त्री पाएको थियो ।

गृह मन्त्रालयमा कांग्रेस, नेकपा एस र माओवादीले दाबी गरेपछि प्रधानमन्त्री प्रचण्डले निर्णय लिन सकेका छैनन् । नागरिकता प्रकरणका रास्वपाका सभापति लामिछानेको सांसद पद गुमेपछि गृहमन्त्री पद पनि गएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार