खुल्लामञ्च प्रवेश गर्न खोजेका मिटरब्याज पीडितलाई प्रहरीले रोक्यो

काठमाडौं : मधेशदेखि न्याय खोज्दै काठमाडौं आएका बर्दिबासका मिटरव्याजपीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न दिएन। उनीहरूलाई रोक्न करिब २ घण्टा अघिदेखि नै महानगरले ठूलो मात्रामा प्रहरीहरू खटाएर राखेको छ।

प्रदर्शनकारीहरू पनि भर्खरै खुल्लामञ्चको गेटमा आइपुगेका छन्। उनीहरू आइपुगेसँगै प्रहरीले रोक्न खोजिरहेको छ भने आन्दोलनकारीहरू महानगरविरुद्ध चर्का नाराबाजी गरिरहेका छन्।

यता, महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले उनीहरूलाई खुलामञ्चमा छिर्न नदिने बताएका छन्। उनले ती पीडितहरूको लागि पशुपतिमा ठाउँको व्यवस्था गरिसकेकाले त्यहीँ जानसमेत आग्रह गरे। उनले भने,‘खुलामञ्चमामा जाने नै होइन,हामीले पशुपतिको धर्मशालामा व्यवस्था गरिसकेका छौँ,त्यहाँ जान्छन्,खुलामञ्चमा हुँदैन।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार