आँखा उपचारका लागि नेपालले विश्वमै चर्चा पाएको छ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वमै आँखा उपचारका लागि चर्चा पाएको मुलुक रहेको बताएका छन् । सोमबार नेत्रज्योति दिवसको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो काममा लागि योगदान पुर्‍याउने नेपाल नेत्रज्योति संघ, चिकित्सकलगायतका सम्बन्धित सबै पक्षप्रति आभार पनि व्यक्त गरेका हुन् ।

उनले संघीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर नेपाललाई आँखा उपचारको गन्तव्य मुलुकको रूपमा विकास गर्न पनि नेपाल नेत्रज्योति संघलाई आग्रह गरे । सभामुख घिमिरेले भने, ‘नेपाल नेत्रज्योति संघले अब केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारहरूसँग सहकार्य गरेर नेपाल आँखा उपचारको एउटा पर्यटन गन्तव्यको रूपबाट यसलाई विकास गर्ने लक्ष्य राखेको मैले थाहा पाएको छु ।’अहिले पनि नेपाल विश्वमै आँखा उपचारको प्रभावकारी मुलुक भित्रको रूपबाट चर्चित हुने कुरा, यसमा योगदान गर्नुहुने यसमा सहभागी मित्रहरू र खासगरी यसको स्थापना गर्ने देखि लिएर हालसम्मका नेतृत्वहरू यसको प्रेरणाको स्रोत रहनु भएको छ । ’

त्यस अवसरमा सभामुख घिमिरेले गरिब जनताको घरदैलोमा पुगेर आँखाको उपचार गर्ने लक्ष्य प्राप्तिमा नेत्रज्योति संघलाई सफलता मिलोस् भनी कामना समेत गरे । कार्यक्रममा आँखा उपचारको क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई सम्मान पनि गरिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार