सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ स्थगित

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कारको मुद्दामा अन्तिम सुनुवाइ स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिए पनि सन्दीपका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित भएको अदालत प्रशासनले जनाएको छ ।

पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका न्यायाधीश घिमिरेको इजलासमा मुद्दाको पेसी चढेको थियो । यसअघि घिमिरेको इजलासले सन्दीपलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

गत शुक्रबार मात्रै पीडितले सन्दीपविरुद्ध अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनु नपर्ने गरी फैसला गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार