जघन्य अपराधीलाई उन्मुक्ति दिन मिल्दैन : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्। अध्यक्ष थापाले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताए ।

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोले उनीहरुका परिवारले न्याय पाउनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा अध्यक्ष थापा लेख्छन्, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएको छ । उनीहरुका परिवारले न्याय पाउनुपर्छ।’

थापाले हत्यालाई वर्गाीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालिन न्यायको मान्यता हुन नसक्ने बताएका छन्।उनले लेखेका छन्ः ‘हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार