दुई महिनादेखि बन्द भीमफेदी–कुलेखानी–काठमाडौँ सडक आजदेखि सञ्चालन हुँदै

मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक आज बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।

भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो ।

वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ ।

मदनभण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार