लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको नयाँ वर्षलाई मध्यनजर गर्दै “हुन्डाईसँग नयाँ वर्ष २०८०” योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना यही आजदेखि सुरु भएको छ ।

यस योजना अन्तर्गत, ग्राहकहरुले रु. ५,००,००० सम्मको आकर्षक नगद छुटका साथै गाडीको निर्माण वर्षको आधारमा रु. २,००,००० सम्मको छुट , नयाँ वर्ष बोनस रु. ८०,००० सम्म र एक्सचेन्ज बोनस रु. ८०,००० सम्म जस्ता अकर्शक अफरहरू प्राप्त गर्न सक्नेछन ।

यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा थप १ वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मूल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुने जनाइएको छ ।
हुण्डाईले गएको महिना मात्रै भेन्यू र नियोस फेसलिफ्ट भर्जन लञ्च गरेको थियो । यस स्किमबाट हुण्डाईको कुनैपनि ह्याचब्याक, कम्प्याक्ट एसयूभी, एसयूभी र इभी गाडी खरिद गरि फाईदा लिन सक्नेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि.ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकहरुको आवश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्ता ग्राहकमुखी अफर ल्याइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार