प्रधान सेनापतिले प्रहरी महानिरीक्षकलाई दिए बधाई

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन् ।

सैनिक मुख्यालयमा भएको भेटका क्रममा आइतबार प्रधानसेनापतिले आईजीपीलाई बधाई तथा शुभकामना दिएका हुन् । सो क्रममा प्रधान सेनापति र आईजीपीबीच आपसी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ ।

कुँवर शुक्रबार मन्त्रिपरिषद्को निर्णयअनुसार आईजीपीमा नियुक्ति भएका थिए भने आजै दर्ज्यानी चिह्न पाएपछि पदभार ग्रहण गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार