नेपाली सेनाको ट्रक दुर्घटना, तीन जना घाइते

काठमाडौँ – मुग्लिन–नारायणयढ सडकखण्डमा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। भैरवनाथ गण काठमाडौंको लु १ग १०९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा सोही ट्रकमा सवार १४ जनामध्ये तीजना घाइते भएका छन्।

भरतपुर महानगरपालिका– २९ घुमाउनेमा ट्रक पल्टिएको हो। जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार ट्रक चालक नेपाली सेनाको अमल्दार कृष्ण प्याकुरेल (३३ वर्ष), जम्दार उत्तम कार्की (३९ वर्ष) र अमल्दार केआई सिंह (वर्ष ३२) का घाइते छन्।

उनीहरूलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ। उक्त ट्रक काठमाडौंबाट बाराका लागि हिँडेको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार