काजुको आयात ह्वात्तै बढ्यो

कठमाडौँ । चालू आर्थिक वर्षको फागुन महिनामा २ करोड भन्दा धेरैको काजु आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको फागुन महिनासम्मको तथ्यांकअनुसार एकै महिनामा २ करोड रुपैयाँको काजु आयात भएको हो ।

विभागले प्रत्येक महिना आयात–निर्यातको तथ्यांक सार्वजनिक गर्नेगर्छ । यसअनुसार ७ महिना (माघसम्म)मा ४१ करोड ५० लाख रुपैयाँको काजु आयात भएको थियो । जबकी, फागुन महिनासम्ममा ४३ करोड ५३ लाख रुपैयाँको काजु भित्रिएको छ ।

फागुन महिनामा भित्रिएको काजुको तथ्यांकसँग माघसम्मको तथ्यांक घटाउँदा २ करोड हुन आउँछ । यस अवधिमा करिब ६ लाख ५० हजार किलोग्राम काजु आयात भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार