राष्ट्रपति पौडेल गोरखा दरबारमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरबारको अवलोकन गरेका छन् ।  राष्ट्रपति पौडेल विहान साढे ९ बजे नेपाली सेनाको हेलिकप्टर चढेर गोरखा गएका थिए ।

फागुन २५ गते राष्ट्रपति निर्वाचित भएपछि पहिलो पकट पौडेल गोरखा दरबारको अवलोकन गर्न पुगेका छन् । राष्ट्रपति पौडेलले गोरखा दरबार क्षेत्रभित्र रहेको गोरखकालीको मन्दिरमा पूजा गरेका छन् ।

उनीसँगै गोरखा १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाई पनि गोरखा गएका छन्। पौडेलले भूकम्पपछि पुनर्निर्माण गरिएको गोरखा दरबारको अवलोकनसमेत गरेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार