उपसभापति खड्काको नेतृत्वमा सरकारमा जाने कांग्रेसको तयारी

'औपचारिक निर्णय गर्न बैठक बस्दै'

काठमाडौँ – नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले खड्काको नेतृत्वमा सरकारमा मन्त्रीहरु पठाउने तयारी गरेका हुन् ।

शनिबार दिउँसो पार्टी देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा पनि यसबारे छलफल भएको र सैद्धान्तिक सहमति समेत भइसकेको नेताहरुले बताएका छन् ।

आइतबार यसबारे औपचारिक निर्णय गर्न सभापति, उपसभापति र महामन्त्रीको छुट्टै बैठक बोलाइएको छ । कांग्रेसले अर्थ मन्त्रालय जुनसुकै हालतमा पनि लिनेगरी तयारी अघि बढाएको छ। आजको बैठकमा खड्काले गठबन्धनभित्रका दलहरूले ७ वटामात्र मन्त्रालय दिने बताएपनि आफूहरुको दाबी ८ वटै मन्त्रालयमा रहने बताएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार