सरकारका कारण देश अस्थिरतातिर जाने निश्चित छ : विष्णु पौडेल

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित जस्तै रहेको बताएका छन् । यो गठबन्धनबाट देशको भविष्य नरहेको उनको टिप्पणी छ ।

सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यो सरकारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन सक्दैन।’ उनले निर्वाचनको नतिजा अनुसार प्रतिपक्षमा बस्ने तयारी गरे पनि राजनीतिक समीकरण बदलिने स्थित आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाएर सरकारमा गएको स्मरण गरे ।

उनले एमालेको एकल बहुमतको सरकार निर्माण गर्ने तयारी स्वरूप ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । पौडेल सुदूरपश्चिमको अछाम जाने क्रममा सुर्खेत आएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार