राहुल गान्धीको सांसद पद खारेज

काठमाडौँ( भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको लोकसभा सदस्यता रद्द भएको छ ।

चार वर्ष पुरानो मुद्दामा गुजरातको एक जिल्ला अदालतले दुई वर्षको जेल सजायको फैसला गरेसँगै शुक्रबार गान्धीको लोकसभा सदस्यको पद खारेज गरिएको हो । लोकसभा सचिवालयले एक सूचना जारी गर्दै गान्धीको लोभसभा सदस्यता रद्द भएको जानकारी दिएको हो ।

यसअघि बिहीबार सुरतको एक अदालतले चार वर्ष पुरानो मानहानी अभियोगमा फैसला सुनाउँदै गान्धीलाई दुई वर्षको जेल सजाय तोकेको थियो ।

उनको सदस्यता बिहीबारदेखि नै लागू हुनेगरी रद्द भएको लोकसभा सचिवालयले जारी गरेको सूचनामा जनाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार