प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा ‘वान टू वान’ वार्तामा
'मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णायक छलफल'
काठमाडौँ – प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल जारी छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवा वान टू वान वार्तामा जुटेका स्रोतले जनाएको छ। वार्तामा मन्त्रिपरिषद् विस्तारको विषयमा निर्णायक छलफल हुने बताइएको छ ।