खानपानको यस्तो तालिका, जसले स्वस्थ्य र तन्दुरुस्त बनाउँछ

खाना खानुको अर्थ अब पेट भर्नु वा अघाउनु मात्र होइन । खानासँग हाम्रो स्वस्थ्याको गहिरो नाता छ । भनिन्छ, जस्तो खाना खाइन्छ, स्वस्थ्य त्यस्तै हुन्छ । हो पनि, सही किसिमको खानपानले हामीलाई स्वस्थ्य, निरोगी, तन्दुरुस्त बनाउँछ ।

भुल्न नहुने कुरा के पनि छ भने, त्यही खाना हो, जसले हामीलाई रोगी र जिर्ण बनाउँछ । विकासनन्दले भन्ने गरेका छन्, ‘खान नपाएर जति मान्छे मर्छन्, त्यो भन्दा बढी खान नजानेर मर्छन् ।’ अहिले हामीसँग पुग्दो खाना छ । खानाको अभावमा कुपोषण हुने अवस्था न्युन होलान् ।

तर, हामीसँग जे जति खानेकुरा उपलब्ध छ, त्यसलाई कसरी सही र सन्तुलित ढंगले सेवन गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ । अहिले धेरैजसो व्यक्ति मोटोपनको सिकार भएका छन् । मधुमेहका सिकार भएका छन् । उच्च रक्तचापको सिकार भएका छन् । यस्ता समस्या धेरैजसो अस्वस्थ्यकर खानपानकै कारण हुन्छ ।

अर्थात, त्यही खाना हो, जसले हामीलाई स्वस्थ्य बनाउँछ । र, त्यही खाना हो, जसले हामीलाई रोगी बनाउँछ ।कुन खाना खाने, कसरी खाने, कति खाने, कतिबेला खाने भन्ने कुरा अहिलेको आवश्यक्ता हो । खानपानको छनौट र तालिकाबीच तालमेल मिलाउन सकिएमा हामी स्वस्थ्य हुन्छौं । निरोगी हुन्छौं । तन्दुरुस्त हुन्छौं ।

कस्तो हुनुपर्छ तालिका ?

दिनभरमा कति पटक खाइन्छ ? के के खाइन्छ ? कसरी खाइन्छ ? यसबारे सोचौं । अतः आफुलाई अनुकुल हुनेगरी खानपानको दैनिक तालिका निर्धारण गरौं ।

यसरी तालिका निर्धारण गर्दा के हुन्छ ?

खानपानको तालिका निर्धारण गर्दा हामीले सही र सन्तुलित खानेकुरा सेवन गर्छौ । यसले हामीलाई स्वस्थ्य बनाउँछ । जब हामी स्वस्थ्य हुन्छौं, आफ्नो काम गर्न सक्षम हुन्छौं । पैसा कमाउने चक्करमा, करियरको चक्करमा यति धेरै अस्तव्यस्त हुनु आवश्यक छैन कि, जसले हाम्रो स्वास्थ्यमा असर गरोस् ।

त्यसैले स्वस्थ्य जीवनका लागि खानपानको तालिका निर्धारण गर्नुपर्छ ।

कसरी तयार गर्ने ?

स्वास्थ्यका लागि धेरै पटक तर थोरै थोरै खानु उपयुक्त मानिन्छ । यस हिसाबले दिनमा चार वा पाँच पटक खानु राम्रो हो । र, हरेक छाकमा सकेसम्म भिन्न भिन्नै खानेकुरा सेवन गरौं । यसले गर्दा शरीरलाई आवश्यक पोषण तत्वको सन्तुलन मिल्छ ।

किनभने हाम्रो शरीरलाई विभिन्न किसिमको पोषक तत्व आवश्यक हुन्छ । र, ति पोषक तत्वमध्ये अधिकांश खानाकै माध्यामबाट प्राप्त हुन्छ । भिटामिन, मिनरल्स, क्याल्सियम, फलाम, फाइबर सबैकुरा खानाकै माध्यामबाट प्राप्त हुन्छ ।

त्यसैले बिहान जे खान्छौं, सकेसम्म अर्को छाकमा उक्त खानेकुरा नदोहोरियोस् ।

खानपानको तालिका तयार गर्दा ब्रेकफास्टबाट सुरु गर्नुपर्छ । ब्रेकफास्टलाई प्राथमिकतामा राख्नुपर्छ । बिहानको नास्ता गर्नु स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । साथै, ब्रेकफास्ट भरपेट वा पर्याप्त लिनुपर्छ । त्यसपछि साँझसम्म चार वा पाँच पटक खानु राम्रो हो ।

खानाको मात्रा

एउटा भनाई छ, बिहानको खाना आफुले खानु । मध्यन्हको खाना साथीसँग बाढेर खानु । साँझाको खाना सत्रुलाई दिनु । यसको अर्थ के भने, बिहान जति खाना खाइन्छ, साँझसम्म त्यसको मात्रा कम गर्दै लानुपर्छ । बिहानको खाना पर्याप्त खाने, दिउँसो त्यसको आधा भाग खाने । साँझको खाना अझ कम खाने ।

यसरी हरेक छाकमा खानाको मात्रा घटाउँदै लानुपर्छ ।

किनभने, दिनभर काम गर्नका लागि हामीलाई उर्जा एवं शक्ति चाहिन्छ, जुन बिहानको ब्रेकफास्टबाट प्राप्त हुन्छ । जबकी राती हामी शारीरिक रुपमानिस्क्रिय हुन्छौं । त्यसैले राती खानाको खास काम हुँदैन । राती धेरै खाना खाइयो भने त्यो पच्दैन वा खर्च हुँदैन । बोसोको रुपमा शरीरमा जम्मा हुन्छ । मोटोपन बढ्ने कारण यही हो ।

के-के खाने ?

के के खाने भन्दा हामीमध्ये धेरैलाई लाग्न सक्छ, हामीसँग भएभरको खानेकुराको मात्रा मिलाउने सामथ्र्य कहाँ छ र ? तर, स्वास्थ्यप्रति गंभिर एवं संवेदनसिल हुने हो भने आफ्नो लागि स्वस्थ्यकर खानेकुरा जुटाउन त्यती गाह्रो भने हुँदैन ।

दैनिक खाने खानामा चामल, दाल, गेडागुडी, तरकारी त हुन्छ नै । त्यससँगै सागपात, सलाद, फलफूलको मात्रा पनि मिलाउन सकिन्छ । केही गेडागुडी भिजाएर राख्न सकिन्छ, जो अंकुराउन थालेपछि दैनिक थोरै मात्रामा सेवन गरे हुन्छ । त्यस्तै केही बदाम, काजु, किसमिस, ओखर, नरिवल जस्ता ड्राई फ्रुट्स पनि खान सकिन्छ ।

अन्डा, माछा, मासु, दुधजन्य परिकार पनि निश्चित मात्रामा सेवन गर्न सकिन्छ । दैनिक खानेकुरामा दुध, दही, मोही सामेल गर्नुपर्छ । साथै ग्रीन टि, कागति पानी सेवन गर्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार