कक्षा २ मा अध्ययनरत बालिका शिक्षकबाटै बलात्कृत

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत एक बालिका शिक्षकबाटै बलात्कृत भएकी छिन् । बुधबार

स्कुलका शिक्षक जितेन्द्र यादवले ती छात्रा बालिकालाई शौचालयमा थुनेर बलात्कार गरेको पीडित पक्षको आरोप छ ।घटना बाहिर आएपछि बलात्कार आरोपित शिक्षक यादव फरार भएका छन् ।

सोही स्कुलमा अध्ययनरत विद्यार्थीका अनुसार बलात्कृत छात्रालाई प्रहरीले हिजै जनकपुर लगेर स्वास्थ्य परीक्षण गराएको खुलेको छ ।स्कुलका प्रिन्सिपल हरि श्रेष्ठलाई आज सबैला प्रहरीले सोधपुछका लागि बोलाएको थियो । तर उनलाई पनि छाडिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार