बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

'मन्त्रिपरिषद् विस्तारको विषयमा छलफल'

काठमाडौँ – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा सरकारको न्युनतम साझा कार्यक्रम, मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुनेछ ।

यसअघि बुधबार पनि गठबन्धनको बैठक बसेको थियो । तर, मन्त्रालय बाँडफाँटका विषयमा दलहरुबीच सहमति जुट्न नसकेकाले पुनः बिहीबार बैठक बसेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार