बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका अध्यक्ष सारा च्याम्पियनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरू र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका सदस्य समूहले एनएमबि बैंकको भ्रमण गरेको छ।

एनएमबि बैंकको ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्यपश्चात् भएको प्रगतिबारे अवलोकन गरी एनएमबि बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणका प्रतिनिधिहरूलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात् गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्यप्राप्त गर्न पुर्‍याएको उल्लेखनीय योगदानकोबारे समेत प्रकाश पारेका थिए।

प्रतिनिधि मण्डलसँग छलफलको क्रममा केसीले नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपूर्ति गर्नको लागि ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्त्व तथा आवश्यकताको बारेमा जोड दिए।

साथै, प्रतिनिधिहरूले बैंकले जलविद्युत परियोजनामार्फत् समुदाय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरेर। महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तीकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समूहहरूको स्तर उन्नतिका लागि बैंकले गरेको योगदानका बारेमा छलफल गर्दै दुवै तर्फका प्रतिनिधिहरूले सो सम्बन्धी प्रतिक्रिया समेत आदान प्रदान गरेका थिए।

एनएमबि बैंक विगत २६ वर्षदेखि अनवरत रूपमा बैंकिङ सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्रप्राप्त एक अग्रणी वित्तीय संस्था हो।

बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो। एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागिपनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’प्राप्त गरिसकेको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरू, १३८ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरूमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार