संसद बैठकमा खाजाका लागि विश्राम समय राख्न प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की संसद सुमना श्रेष्ठले संसद बैठकको बीचमा खाजाको विश्राम समय आवश्यक रहेको बताएकी छन् ।प्रतिनिधिसभा नियमावली २०७९ को प्रतिवेदनउपर संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो माग गरेकी हुन् ।

प्रतिवेदनको दफा १२ मा दैनिक कार्यसूची सम्बन्धी व्यवस्था छ । दैनिक कार्यसूची तयार गर्दा संसद बैठक ३ घण्टा भन्दा बढी चलेको वा चल्ने अवस्थामा खाजाको विश्राम समय राख्ने उनको प्रस्ताव छ । ‘कार्यसूची तयार गर्दा प्रत्येक ३ घण्टामा खाजाको लागि १ घण्टा विश्राम समय राखिनेछ’ सांसद श्रेष्ठको संशोधन प्रस्ताव छ ।

संसद बैठकको बीचमा खाजाको लागि विश्राम समय राख्नुपर्ने कारणबारे सांसद श्रेष्ठ लेख्छिन्, ‘लामो समय खाजा र विश्राम नलिइ काम गर्दा कार्यसम्पादनमा असर पर्ने र निश्चित खाजा समय नतोक्दा सदस्यहरु बिभिन्न समयमा खाजाको लागि सदन बाहिर जार्ने गर्नु भएकाले सदनमा चल्ने बहस छुट्न जाने हुँदा समय नै तोकेर विश्राम लिनु उपयुक्त भएकोले ।’

तर, विशेष अवस्थामा सभामुखको निर्देशन अनुसार विश्राम समय, अवधि हेरफेर वा खारेज गर्न सकिने प्रावधान सँगै राख्ने प्रस्ताव पनिदसँगै राख्ने प्रस्ताव गरिएको छ ।

विधेयकको वितरण सम्बन्धी व्यवस्थामा पनि सांसद श्रेष्ठले संशोधन प्रस्ताव राखेकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार